स्वस्तिमा ‘चिसो मान्छे’


स्वस्तिमा ‘चिसो मान्छे’

नेपालगन्ज : अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चिसो मान्छे’मा अनुबन्धित भएकीछन् । फिल्मका निर्देशक दीपेन्द्र के. खनालले ‘चिसो मान्छे’का लागि स्वस्तिमा अनुबन्धित गरेका हुन् । योसगैं चिसो मान्छेमा उनको अभिनय देख्न पाइनेछ ।

शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । भने यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडि बढाएका छन् ।
नायिका स्वस्तिमा मुख्य भूमिकामा फाइनल भएकी छिन् । स्वस्तिमा र निर्माणपक्षविच केही दिन अगाडि मात्र संझौता भएको हो । चलचित्र ‘चपली हाइट ३’ रिलिजको प्रतिक्षामा रहेकी स्वस्तिमाले सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा काम गर्न सहमती जनाएको बुझिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नायिका स्वस्तिमा खड्का चलचित्र ‘बुलबुल’बाट चर्चामा छिन् । यो चलचित्रमा उनले गरेको अभिनयको सर्वत्र तारिफ भयो । दिपेन्द्रको चलचित्रमा स्टारडम भन्दा कथा र पात्र बढी हाबी हुने गर्दछ । यसैले पनि उनले स्वस्तिमालाई फाइनल गरेको हुनुपर्छ ।

कोरोनाको कहर केही शान्त हुने बितिक्कै फिल्म छायाँकनमा जाने तयारी भइरहेको निर्देशक खनाल बताउँछन् । लकडाउन अगाडि खनालको फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो । जसलाई दर्शक तथा समिक्षक दुबैले मन पराएका थिए ।