काठमाडौं। नेपालको राजनीति तथा भूराजनीतिक विषयमा चर्को आलोचना र टिकाटिप्पणी गर्दै आएका विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बेलबारीस्थिति प्रहरीले उनलाई त्यहिँबाट नियन्त्रणमा लिएको हो। दाहालविरुद्ध काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो। आइतबार बिहान नियन्त्रणमा लिएर उनलाई मोरङ प्रहरीले काठमाडौं पठाउने तयारी गरेको छ।
उनि आफै आज काठमाडौं फर्किने तयारीमा थिए। राजनीतिक छलफलका लागि दाहाल केही दिनअघि पूर्व गएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि दाहालले यो सरकार फाँसिवादतिर उन्मुख भएको भन्दै चर्को आलोचना गर्दै आएका छन्। प्रधानमन्त्री बालेन शाहविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएका उनिविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो।
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं