काठमाडौं। नेपालबाट मनसुन बाहिरिने मिति नजिकिदैं गर्दा मौसम विज्ञहरूले भने आगामी साता नेपालमा तीन दिनसम्म भारी वर्ष हुने चेतावनी दिएका छन्। अघिल्ला वर्षहरूमा पनि लगभग यस्तै समयमा नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने गरेका मौसमी विवरणहरू छन्।
नेपालको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको प्रभाव छ। न्यून चापीय मनसुनी रेखा दक्षिणतिर सर्दै गए पनि केही दिनयता उत्तर अन्डमन सागर र बंगालको खाडीलगायत आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली विकसित भइरहेको छ। केही दिनमै उक्त प्रणालीले ती सागरहरूमा चक्रवाति आँधी ९साइक्लोन० निम्त्याउने सम्भाना बढाएको हो। मौसमविदहरूका अनुसार त्यो अवधि भनेको नेपालमा लगभग असोज ८ देखि १२ गतेसम्मको अवधि हो अर्थात् नेपालमा वर्षा निम्त्याउने अवधि पनि यही नै हो।
मौसमविदहरूले यस्तो अवस्थामा भारी वर्षा हुने सम्भावना भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलका अनुसार त्यो वर्षा खासगरी पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारी बनेर वर्षिने सम्भावना छ। त्यसैले मधेस, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा विशेष सचेत रहन उनले भनेका छन्।
‘मैले धेरैवटा फोरकास्ट मोडल हेर्दा धेरै वर्षाको सम्भावना बढी देखिन्छ । ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने ९ ७४१ सम्म देखाएको छ०, यो भनेको एकदम धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ तर यसले ल्याउन सक्ने अवस्था गम्भीर हुनसक्छ’ उनले भनेका छन् ‘यो अवधिमा सरदर ४०० मिलिमिटर भन्दा धेरै पानी पर्ने ९७४१ सम्म देखाएको छ०, यो भनेको एकदम धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ तर यसले लेराउन सक्ने अवस्था गम्भिर हुनसक्छ।’ २४ घण्टामा १० मिमिभन्दा कम वर्षा हुँदा हल्का वर्षा, १० देखि ५० मिमिभन्दा कम वर्षा हुँदा मध्यम वर्षा, ५० देखि १०० मिमिभन्दा कम वर्षा हुँदा भारी वर्षा, १०० देखि २०० मिमिभन्दा कम वर्षा हुँदा धेरै भारी वर्षा र २०० मिमिभन्दा बढी वर्षा हुँदा अति भारी वर्षाका रूपमा विभागले व्याख्या गरेको छ ।
भारतीय मौसम विज्ञान विभाग९आईएमडी०ले एक सामुद्रिक चेतावनी जारी गर्दै अनुसार अन्डमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाडीमा मौसमीय गतिविधि बढ्ने र त्यसबाट उत्तरी भारत र नेपालमा समेत प्रभाव पर्ने जनाएको छ। यद्यपि थप अध्ययन भइरहेको भन्दै उसले थप चेतावनी यसपछि जारी गर्ने पनि भनेको छ।
मौसमविदहरूले गरको आंकलनअनुसार यी चार दिनमा वर्षाको अवस्था यस्तो हुनेछ
असोज ८ गते: मनसुनी रेखा सक्रिय भई कोशी, बागमती र गण्डकी प्रदेशका पूर्वी तथा मध्य भू(भागमा बदली सुरु भई धेरैजसो स्थानमा मध्यम र एक(दुई स्थानमा भारी वर्षाको सुरुवात हुनेछ।
असोज ९ गते: वर्षाको तीव्रता बढ्दै जानेछ। विशेष गरी कोशी, बागमती र मधेश प्रदेशका तराई तथा पहाडी भू(भागमा लगातार मध्यमदेखि भारी वर्षाको सम्भावना रहनेछ।
असोज १० गते (अत्यधिक जोखिमको दिन): यो अवधिमा सबैभन्दा धेरै वर्षा हुने अनुमान छ। बागमती ९काठमाडौँ उपत्यकासहित, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भागमा अति भारी वर्षा हुन सक्छ।
असोज ११ गते: पश्चिमी क्षेत्र (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) तिर मौसम बढी प्रभावकारी हुनेछ भने पूर्वी र मध्य भागमा हल्कादेखि मध्यम वर्षा जारी रहनेछ।
असोज १२ गते: प्रणाली बिस्तारै कमजोर बन्दै पश्चिमतिरबाट बाहिरिने क्रम सुरु हुनेछ, तर केही पहाडी भागमा छिटफुटदेखि मध्यम वर्षा भने कायम रहनेछ।
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं