काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोसी विपदसँग जोडिएका बहुआयामिक पक्षहरूबारे संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधन केन्द्रित गर्न सरकारलाई नीतिगत निर्देशन जारी गरेको छ। पार्टीको आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्देशन जारी गरेको हो।
भोटेकोसी विपदपछि नेपालका लागि जलवायु परिवर्तनले पारेका असरहरू र त्यसबाट पाउनुपर्ने जलवायु न्याय तथा क्षतिपूर्तिका बारेमा विश्व समुदायलाई अपिल गर्न संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह आफै न्यूयोर्क जान थालेका छन्। त्यसको तयारी गर्नका लागि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको एउटा प्रतिनिधि टोली आइतबार नै न्यूयोर्क प्रस्थान गरिसकेको छ। बाँकी १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री भ्रमणको पूर्वसन्ध्यामा उनकै पार्टी रास्वपाले सरकारले यस्तो नीतिगत निर्देशन जारी गरेको हो। सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीले सराकरलाई विभिन्न बहुआयामिक विषयवस्तुमा केन्द्रित रहेर सम्बोधन गर्न प्रधानमन्त्रीलाई भनेको छ।
‘संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ’ बैठकले भनेको छ।
यस्ता छन् बाँकी निर्णयहरू:
१. भोटेकोशी विपद् व्यवस्थापन तथा राहत सम्बन्धमास् भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यहरूले खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूको बहुआयामिक पक्षहरूमा पार्टीलाई जानकारी गराउनुभयो। बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए ९म्ल्ब्० परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
२. संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालको सहभागिता सम्बन्धमा: संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।
३. मधेश प्रदेश कार्यसम्पादन अडिट सम्बन्धमास् पार्टीको मधेश प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा पार्टीका सह(महामन्त्री हरि ढकालज्यूले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यसको विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् पार्टीले आवश्यक थप रणनीतिक कदमहरू अगाडि बढाउने निर्णय गरेको छ।
४. मनोनयन सम्बन्धमास् पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने क्रममा निम्न व्यक्तिहरूलाई आयोगको सदस्य पदमा नियुक्त गरिएको छस् अधिवक्ता हरिश्चन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, श्री रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे, अधिवक्ता श्वेता कुमारी। त्यसैगरी, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिकमत जंग कार्कीलाई नियुक्त गरिएको छ। साथै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।
५. पद तथा गोपनीयताको शपथ सम्बन्धमास् बैठकमा नव(मनोनित सचिवालय सदस्य श्री विराजभक्त श्रेष्ठ र सह(प्रवक्ता श्री सुरेन्द्र चौधरीले पार्टी सभापतिज्यूसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
६. पार्टीका गतिविधिहरू पुनः सुचारु गर्ने सम्बन्धमास् भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुनुपरेकाले स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय भएको छ। यसअन्तर्गत हामी सुन्छौँ अभियान, नागरिक नीति र नेतृत्व अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रमहरू अब अविलम्ब अघि बढाइनेछन्।
७. अर्थमन्त्रीको भारत भ्रमणबारे जानकारीस् बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराउनुभएको थियो।