बर्दियाको सडकमा गुडिरहेको इभीमा आगो लाग्यो


सेतोखरी सेतोखरी   १८ मिनेट अगाडि
बर्दियाको सडकमा गुडिरहेको इभीमा आगो लाग्यो

काठमाडौं। बर्दियामा गुडिरहेको माइक्रोमा आगलागी भएको छ।

बर्दियाको सडकमा गुडिरहेको इलेक्ट्रिक माइक्रोमा आगलागी भएको छ। गुडिरहेकै अवस्थामा गाडीबाट धुँवा निस्किएपछि चालकले सडकमै गाडी रोकेका थिए। 

प्रहरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका-७ रम्मापुर ५ नम्बर चोकमा उक्त गाडी जलेको हो। कोहलपुरबाट कैलाली जाँदै गरेको सु.प.प्र ०१-००२ ज ४३३ नम्बरको उक्त माइक्रोमा आगलागी हुँदा मानवीय क्षति भने भएन। 

प्रहरीका अनुसार उक्त माइक्रोमा यात्रुहरू थिएनन्। त्यसमा चालक र सहचालकमात्रै रहेका थिए। माइक्रोमा रहेका कागजपत्र र नगद ४२ हजार रुपैयाँ पनि जलेको छ। 

प्रहरीले दकमल प्रयोग गरेर आगो निभाएको थियो। आगलागीका कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।