गुलरिया(बर्दिया) : बर्दियाको ठाकुरबावा नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बगनाहका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीको टोलीले ब्राउन सुगर सहित युवालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ निवासी २८ वर्षीय शिवराज पन्थलाई लागुऔषध बोकेर शंकास्पद हिँडिरहेको अवस्थामा प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीबाट ९ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।
अनुसन्धानका क्रममा पन्थले पुरिया बनाई बेचविखन गर्ने गरेको खुल्न आएकाछ । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी थप अनुसन्धान भैरहेको छ । पछिल्लो समय बर्दियामा लागुऔषधको दुर्व्यसनी बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ । बरामद गरिएको ब्राउनसुगर करिब ६५ हजार रुपैयाँ बराबरको छ । सो लागुऔषधले १ सय ८० जना मानिसलाई प्रभावित पार्नसक्ने उनको भनाई छ ।
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर