कोहलपुरको रोहिणी खोला नजिक भएको दुर्घटना । तस्विरः सद्भाव
नेपालगन्ज :बाँकेको कोहलपुरमा बस र कार एकआपसमा ठोक्किदाँ चारजना गम्भीर घाईते भएका छन् । महेन्द्रनगरबाट बुटवल जादैँ गरेको ना ४ ख ९२४२ नम्बरको बस र काठमाण्डौंदेखि सुर्खेत जाँदै गरेको बा ४ च १४२४ नम्बरको कार बाँकेको कोहलपुर स्थित रोहिणी खोला नजिक एकआपसमा ठोकिँदा बसमा सवार यात्रु घाईते भएका हुन् ।
बुटवल जादैं गरेको बसले अर्को बसलाई ओभरटेक गरि अगाडी जानेक्रममा विपरितदिशाबाट आएको कारलाई ठक्कर दिएको हो । तिव्र गतिमा रहेको बस र कार ठोक्किएपछि बस पल्टिदाँ चार जना गम्भीर घाईते भएका छन् भने १० जना सामान्य घाईते भएको कोहलपुरको चप्परगौडी स्थित प्रहरी विटका सई ओम पौडेलले सद्भावलाई जानकारी दिए ।

घाईतेहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेकोछ । घाईते मध्ये चारजनाको अवस्था गम्भीर छ, अस्पताल क्षेत्रबाट सद्भावलाई जानकारी दिदै सई पौडेलले भने कारमा सवारलाई सामान्य चोट लागेको छ भने बस चालक सम्र्पकमा अझै नआएको बताए ।
दुर्घटना आज(शुक्रबार) विहान ११ बजेतिरको हो । सो दुर्घटना परि सन्तोष जोशी, लक्ष्मण थापा, विजय चौधरी र गौरी जोशी गम्भीर घाईते भएका छन् ।
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर