नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगन्जले युरिया मल बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनाबाट बीस बोरा युरिया मल बरामद गरेकोछ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायव निरीक्षक माधव रिजालको नेतृत्वमा खटेको टोलीले अवैध युरिया मल बरामद गरेको सद्भावलाई जानकारी दिए । भन्सार छलेर लुकिछिपी युरिया मल ल्याइरहेको थाहा पाएपछि प्रहरीले निगरानी बढाएको थियो । युरिया मल नियन्त्रणमा लिने क्रममा ओसारपसारमा संलग्न ब्यक्तिहरु भागेको प्रहरी नायब निरीक्षक रिजालले बताए ।
शुक्रबार विहान ११ बजे पुरैनबाट बरामद गरिएको बीस बोरा युरिया मलको बजार मुल्य अन्दाजी १४ हजार रहेको रिजालले बताए । बरामद गरिएका सवै युरिया मललाई आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय पठाइएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । पछिल्लो समय तस्करहरुले प्रहरी र प्रशासनको आँखा छलेर विभिन्न नाका हुदै अवैध मालसामान ओसारपसार गरिरहेका छन् ।