नेपालगन्ज : उमेरले ३३ लागेकी । दुई सन्तानकी आमा । सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर युवतीको तस्विर । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो । यो क्रम निरन्तर चलिनै रह्यो ।
फेसबुक हुदै मोबाईल फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटीप्रति केटाको लगाव बढ्दै गयो । केटाले भिडियो कल गरौं भन्दा केटीले आनाकानी गर्दै टारिरहिन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा रहेको फोटोजस्तो सुन्दर थिएनन् ।
फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगन्जमा व्यापार व्यवसाय गरेको फूर्ती लगाइरहिन् । केटा अझ आकर्षित हुँदै गए । भेट्ने कर गर्न थाले ।
केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु । त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’
फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे । यो या त्यो बहानामा केटिले टारिरहीन् । यहीक्रम चलिरहेको थियो । केटाको धैर्यताको बाँध टुटिसकेको थियो । उनले नेपालगन्ज भएपनि भेट्न आउने बताएपछि । एक दिन केटी नेपालगन्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अपहरणमा परेको नवलपरासीका केटालाई बताइन् । प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अपहरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो ।’
घटना यही भदौ २६ गतेको हो । युवती अपहरणमा परेको बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन ट्राकिङ गर्दा नेपालगन्ज नै देखाइरहेको थियो । यसले प्रहरीलाई अझ तनाब बढ्यो ।
प्रहरीले भोलीपल्ट २७ गते नेपालगन्जको फूल्टेक्रामा उनलाई आफ्नै डेरामा भेटायो । बर्दियाबाट नेपालगन्ज आएर फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा डेरमा बसेकी ३३ वर्षकी आशिक टकुमारी चौधरीले रचेको नाटक हो यो । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–४ मैनवा बस्ने उनको शिक्षा साधरण लेखपढ हो । उनको यो नाटकले बाँके प्रहरी, प्रदेश डिआइजी हुदै प्रहरी हेडक्वाटरसम्मकाले सास्ती भोग्नु पर्यो । बाँके प्रहरीले फेला पारेको आशिकलाई केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताइन ।
आशिकले अरुकै तस्विर राखेर फेसबुक आइडी बनाएको र त्यही फेसबुकको प्रोफाईलमा रहेको युवतीप्रति आर्कषित भएका नवलपरासीका युवाबाट बच्न यस्तो नाटक गरेको तथ्य खुल्यो । उनले यस्तो नाटक रच्नुको पछाडी फेसबुकको प्रोफाईलमा रहेको युवती र उनी फरक थिइन् । श्रीमानसगैं बस्दै आएकी आशिकको यो नाटकबारे उनका श्रीमान बेखबर थिए । जब प्रहरीले आशिकलाई नियन्त्रणमा लिएर गयो बल्ल उनले थाहा पाए ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आईतबार पत्रकार सम्मेलन गरेर यो घटना बाहिर ल्याएका हुन् । उनीमाथि प्रहरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रहरी प्रमुख एसपी रानाले ‘अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागी नाटक गरेको भनि स्वीकार गरेको र ती युवाले भेटघाट गर्नु पर्ने बाध्यता पारेपछि आफू अपहरणमा परेको नाटक गरेको आशिक कुमारी चौधरीले खुलाएको बताए ।’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ