जब आशिकको अपहरण भयो...


जब आशिकको अपहरण भयो...

नेपालगन्ज : उमेरले ३३ लागेकी । दुई सन्तानकी आमा । सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर युवतीको तस्विर । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो । यो क्रम निरन्तर चलिनै रह्यो ।

फेसबुक हुदै मोबाईल फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटीप्रति केटाको लगाव बढ्दै गयो । केटाले भिडियो कल गरौं भन्दा केटीले आनाकानी गर्दै टारिरहिन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा रहेको फोटोजस्तो सुन्दर थिएनन् ।

फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगन्जमा व्यापार व्यवसाय गरेको फूर्ती लगाइरहिन् । केटा अझ आकर्षित हुँदै गए । भेट्ने कर गर्न थाले ।

केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु । त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’
फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे । यो या त्यो बहानामा केटिले टारिरहीन् । यहीक्रम चलिरहेको थियो । केटाको धैर्यताको बाँध टुटिसकेको थियो । उनले नेपालगन्ज भएपनि भेट्न आउने बताएपछि । एक दिन केटी नेपालगन्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अपहरणमा परेको नवलपरासीका केटालाई बताइन् । प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अपहरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

घटना यही भदौ २६ गतेको हो । युवती अपहरणमा परेको बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन ट्राकिङ गर्दा नेपालगन्ज नै देखाइरहेको थियो । यसले प्रहरीलाई अझ तनाब बढ्यो ।
प्रहरीले भोलीपल्ट २७ गते नेपालगन्जको फूल्टेक्रामा उनलाई आफ्नै डेरामा भेटायो । बर्दियाबाट नेपालगन्ज आएर फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा डेरमा बसेकी ३३ वर्षकी आशिक टकुमारी चौधरीले रचेको नाटक हो यो । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–४ मैनवा बस्ने उनको शिक्षा साधरण लेखपढ हो । उनको यो नाटकले बाँके प्रहरी, प्रदेश डिआइजी हुदै प्रहरी हेडक्वाटरसम्मकाले सास्ती भोग्नु पर्यो । बाँके प्रहरीले फेला पारेको आशिकलाई केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताइन ।

आशिकले अरुकै तस्विर राखेर फेसबुक आइडी बनाएको र त्यही फेसबुकको प्रोफाईलमा रहेको युवतीप्रति आर्कषित भएका नवलपरासीका युवाबाट बच्न यस्तो नाटक गरेको तथ्य खुल्यो । उनले यस्तो नाटक रच्नुको पछाडी फेसबुकको प्रोफाईलमा रहेको युवती र उनी फरक थिइन् । श्रीमानसगैं बस्दै आएकी आशिकको यो नाटकबारे उनका श्रीमान बेखबर थिए । जब प्रहरीले आशिकलाई नियन्त्रणमा लिएर गयो बल्ल उनले थाहा पाए ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आईतबार पत्रकार सम्मेलन गरेर यो घटना बाहिर ल्याएका हुन् । उनीमाथि प्रहरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरी प्रमुख एसपी रानाले ‘अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागी नाटक गरेको भनि स्वीकार गरेको र ती युवाले भेटघाट गर्नु पर्ने बाध्यता पारेपछि आफू अपहरणमा परेको नाटक गरेको आशिक कुमारी चौधरीले खुलाएको बताए ।’