होटल सञ्चालकको कुटाइबाट ग्राहकको मृत्यु


होटल सञ्चालकको कुटाइबाट ग्राहकको मृत्यु

मोरङ : होटलमा बसेका श्रीमानश्रीमतीबीच भएको विवादमा होटल सञ्चालक कुटाईबाट एक जना ग्राहकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक गोपाल तामाङको कुटाइबाट दार्जलिङ घर भइ उर्लाबारी बसोबास गर्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।

सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक असोज ११ गते राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुई जनाबीच विवाद भएको थियो ।

श्रीमानश्रीमतीले विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट बेहोस भएका मल्लिकको उपचारको क्रममा भारतको सिलिगुडी मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यता कुटपिट गर्ने होटल सञ्चालक गोपाल तामाङलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको छ ।