मोरङ : होटलमा बसेका श्रीमानश्रीमतीबीच भएको विवादमा होटल सञ्चालक कुटाईबाट एक जना ग्राहकको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक गोपाल तामाङको कुटाइबाट दार्जलिङ घर भइ उर्लाबारी बसोबास गर्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।
सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक असोज ११ गते राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुई जनाबीच विवाद भएको थियो ।
श्रीमानश्रीमतीले विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट बेहोस भएका मल्लिकको उपचारको क्रममा भारतको सिलिगुडी मृत्यु भएको हो ।
यता कुटपिट गर्ने होटल सञ्चालक गोपाल तामाङलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा