नेपालगन्ज। बाँकेकाे नेपालगन्जको एउटा घरमा छापा मारेर प्रहरीले ३५।९०० ग्राम खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका(३ एकलैनी स्थिति ३२ वर्षीय मोहम्मद हसिन अन्सारी र २५ वर्षीय समिर अहमद अन्सारीलाई पनि प्रहरीले उक्त लागुऔषधसहित पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नेपालगन्जको टोलीले उनिहरूको घरबाटै उक्त लागु औषध र ती दुईजनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार त्यहाँबाट प्रहरीले, ७३ हजार ७ सय नगद, पाँच थान मोबाइल र एउटा डिजिटल तराजु पनि नियन्त्रणमा लिएको छ। लागु औषध नियन्त्रण ब्यूरोले उनिहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई जिम्मा लगाइसकेको पनि जनाएको छ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा