नेपालगन्ज। बाँकेकाे नेपालगन्जको एउटा घरमा छापा मारेर प्रहरीले ३५।९०० ग्राम खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका(३ एकलैनी स्थिति ३२ वर्षीय मोहम्मद हसिन अन्सारी र २५ वर्षीय समिर अहमद अन्सारीलाई पनि प्रहरीले उक्त लागुऔषधसहित पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नेपालगन्जको टोलीले उनिहरूको घरबाटै उक्त लागु औषध र ती दुईजनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार त्यहाँबाट प्रहरीले, ७३ हजार ७ सय नगद, पाँच थान मोबाइल र एउटा डिजिटल तराजु पनि नियन्त्रणमा लिएको छ। लागु औषध नियन्त्रण ब्यूरोले उनिहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई जिम्मा लगाइसकेको पनि जनाएको छ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व