बेनेलीको अफर : एक्सचेन्जमा १५ हजार बोनस, लक्की ड्रमा ५० इन्चको एलईडी स्मार्ट टीभी


बेनेलीको अफर : एक्सचेन्जमा १५ हजार बोनस, लक्की ड्रमा ५० इन्चको एलईडी स्मार्ट टीभी

नेपालगन्ज : इटालियन मोटरसाइकल ब्राण्ड बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले दशैँतिहार छुट अफर ल्याएको छ ।

कम्पनीले टीएनटी १५० आई र टीएनटी १५ मोडलमा एक्सचेन्ज, नगद र शून्य प्रतिशत ब्याज गरी तीनवटा अफर ल्याएको हो । टीएनटी १५० आई मोडलका तीनवटै एक्सचेन्जमा निःशुल्क हेल्मेट दिइनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्याङ्कन दिइने कम्पनीले जनाएको छ । नगद अफरअन्तर्गत हरेक मोटरसाइकल बिक्रीमा १५ हजार नगद छुट र २ वर्षसम्म शून्य प्रतिशत ब्याज सुविधा रहनेछ । टीएनटी १५ मोडलमा भने शून्य प्रतिशत ब्याज अफरमा मात्रै निःशुल्क हेल्मेट दिइनेछ ।

हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्याङ्कन, नगद अफरमा हरेक बिक्रीमा ८ हजार नगद छुट र शून्य प्रतिशत ब्याजमा भने २ वर्षसम्म ब्याज लिइने छैन । यसबाहेक एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी पाउन सक्ने बताइएको छ ।