नेपालगन्ज : इटालियन मोटरसाइकल ब्राण्ड बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले दशैँतिहार छुट अफर ल्याएको छ ।
कम्पनीले टीएनटी १५० आई र टीएनटी १५ मोडलमा एक्सचेन्ज, नगद र शून्य प्रतिशत ब्याज गरी तीनवटा अफर ल्याएको हो । टीएनटी १५० आई मोडलका तीनवटै एक्सचेन्जमा निःशुल्क हेल्मेट दिइनेछ ।
हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्याङ्कन दिइने कम्पनीले जनाएको छ । नगद अफरअन्तर्गत हरेक मोटरसाइकल बिक्रीमा १५ हजार नगद छुट र २ वर्षसम्म शून्य प्रतिशत ब्याज सुविधा रहनेछ । टीएनटी १५ मोडलमा भने शून्य प्रतिशत ब्याज अफरमा मात्रै निःशुल्क हेल्मेट दिइनेछ ।
हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्याङ्कन, नगद अफरमा हरेक बिक्रीमा ८ हजार नगद छुट र शून्य प्रतिशत ब्याजमा भने २ वर्षसम्म ब्याज लिइने छैन । यसबाहेक एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी पाउन सक्ने बताइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?