प्रहरी विनाको समाज कल्पना गर्न सकिदैन : प्रजिअ कुरुम्वाङ्ग


सेतोखरी सेतोखरी   शुक्रबार, असोज ३०, २०७७
प्रहरी विनाको समाज कल्पना गर्न सकिदैन : प्रजिअ कुरुम्वाङ्ग

नेपालगन्ज : बाँके प्रहरीले कार्यालय परिसरमा पहिलोपटक प्रहरी दिवस मनाएकोछ । पहिलोपटक जिल्ला प्रहरी कार्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा सहादत प्राप्त अमर प्रहरीलाई सम्झदै उनका परिवारलाई सम्मान समेत गरिएको थियो । अमर प्रहरीका परिवालाई सम्मान गर्दा मृतक प्रहरीका परिवार खुशी भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले प्रहरी विनाको समाज कल्पना गर्न नसकिने भन्दै नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको भन्दै जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको बताए ।

उनले अगाडी थपे–जिल्लामा हुने तस्करी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भएकोछ । लक्ष्यभन्दा बढि राजश्व संकलन गरिएको बताउँदै नागरिकलाई सुशासन कायम गराउदै जनताको प्रहरीसंगको आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गर्दछु ।’

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी वीर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

नविन प्रविधिसगैं बढेको अपराध न्यूनिकरणमा प्रहरीलाई समस्या भएको भन्दै उनले जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताए । बाँके प्रहरी प्रमुख रानाले–‘अपराध नियन्त्रण र शान्ति सुरक्षा प्रत्याभुतिका लागि जनताको साथविना प्रहरीको एकल प्रयास सफल नहुने बताए ।’

यसैगरी ६५ औं प्रहरी दिवसका अवसरमा अमर प्रहरी परिवार र अशक्त प्रहरीको तर्फबाट बोल्दै एकमाया विकले जिल्ला प्रहरी कार्यालय बाँकेले पहिलो पटक आफ्नै परिसरमा कार्यक्रम गरेर अमर प्रहरीलाई सम्झिदै उनका परिवारलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरताका लागि अपील गरिन् । उनले अमर प्रहरीका परिवारलाई पेन्सनमात्रै नभएर उनका छोराछोरीलाई रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्ने बताइन् ।

खजुरा गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी विकले अमर प्रहरी सबैको शालिक बनाउनु पर्नेमा जोड दिँदै आगामी वर्ष प्रहरी दिवस मनाउँदा आफ्नै मान्छेको शालिकमा माल्र्यापण गर्न पाउनु पर्ने ब्यवस्थाको माग गरिन् ।

दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेले उत्कृष्ट प्रहरीका रुपमा डीएसपी सुवास खड्का, प्रहरी निरीक्षक हृदेयस सापकोटा, प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजाल, प्रहरी सहायक निरीक्षक युवराज खड्का, प्रहरी हवल्दारहरु नन्दा घर्ति, धनबहादुर गिरी, नवराज बम, प्रहरी जवानहरु दिपेन्द्र एमसी, पदमबहादुर सिजापति, सुरेन्द्र चौधरी, मोहन नगरकोटी, विष्णु बस्नेत, सुजनबहादुर दाहाललाई तीन पुस्तेमा जनिने गरी परस्कृत गरिएको थियो ।

यस्तै जिल्लाका विभिन्न स्थानमा प्रहरी भवन बनाउन जग्गा दान गर्नेहरु हनुमान गोडिया, मायावती मुराउ, सुन्दर मुराउ, लालजीप्रसाद मुराउ र मुररीधर मिश्र, जेष्ठ पूर्व प्रहरीमा कृष्णमान श्रेष्ठ, बानु सिख, हुकुम सिंह सिख, हवि शेष, प्रहरी समुदाय साझेदारी कार्यक्रममा जयप्रसाद बर्मा र शरदमान शाक्यलाई पनि सम्मान गरेको थियो ।

यसैगरी ६५ औं प्रहरी दिवस २०७७ का अवसरमा बिभिन्न बिधामा सञ्चालन गरिएका ब्याडमिन्टन, टेबल टेनिस, २३०० मिटर दौड, कुर्सि दौड प्रतियोगितामा विजयीहरुलाई प्रमाण–पत्र र मेडल प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष रुपा गहतराज, पुर्व प्रहरी नायव उपरीक्षक जोति प्रसाद श्रेष्ठ, अशक्त अवकास प्रहरीको तर्फबाट अध्यक्ष शेर बहादुर बस्नेत, प्रहरी उपरीक्षक राम प्रकाश शाह, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक अशोक बहादुर बम, नेपाली सेनाका सेनानी पुकार शाह, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्र राज गिरी लगायतका अतिथीले शुभकामना दिएका थिए ।

लुम्बिन प्रदेश सशस्त्र प्रहरी गण कोहलपुर बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाहले स्वागत मन्तब्य राखेका थिए भने प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले वाचन गरेका थिए ।