नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगन्ज शाखाबाट खटेको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका–११, एनटिभी रोडबाट ४४ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
यसरी प्रहरी नियन्त्रणमा पर्ने कोहलपुर नगरपालिका वडा नम्बर–१२ चप्पचरगौडी बस्ने ४५ वर्षका ईन्द्रमणी गौतम हुन् ।
प्रहरीका अनुसार गौतम यसअघि जाजरकोट जिल्लामा लागूऔषध चरेस मुद्दामा समेत पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको कुरा समेत खुल्न आएको छ ।
लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचना पाएको प्रहरीले शंकास्पद रुपमा रहेका गौतमलाई नियन्त्रणमा लिई तलासी लिदाँ गौतमले लगाएको पाईन्टको खल्तीबाट सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर धुलो १ पुडिया र तौल गर्ने डिजिटल मेसिन एक थान समेत फेला पारेको थियो ।
उक्त ब्राउनसुगर तौल गर्दा ४४ ग्राम ५२० मिलिग्राम रहेका प्रहरीले जनाएकोछ । बरामद ब्राउनसुगर, तौल गर्ने डिजिटल मेसिन सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएकोछ ।
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा