काठमाडौं। बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन्।
शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले हत्यालगत्तै जाहेरी दिदा पनि दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रहरीले दर्ता गर्न नमानेको जनाएकी छन्।
आमा रावियाका अनुसार छोराको हत्या भएको साढे २ वर्ष पुग्दासमेत पटकपटक घटनमा संलग्न भनिएका सदन भन्ने मेराज खानमाथि मुद्धा चलाउन जहेरीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पुग्दासमेत प्रहरीले जहेरी नलिएको गुनासो गरेकी छन्।
घटना घटेलगत्तै घटनास्थलमा रगतले लत्पतिएको अवस्थामा मेराज खानको सर्ट फेला परेको र सोही आधारमा आफूहरुले जहेरी लिएर जाँदा पनि प्रहरीले प्रमाण नपुगेको दाबी गर्दै जाहेरी लिन इन्कार गरेको रावियाको कथन छ। ‘दुई वर्षसम्म प्रहरीले ‘घटनमा अप्जल पठान भन्ने व्यक्तिको सम्लग्नता देखिएको छ, जबसम्म उनी सम्पर्कमा आउँदैनन् तबसम्म जाहेरी लिन मिल्दैन’ प्रहरीले भनिरह्यो’ रावियाले भनिन्।
अप्जललाई भारतबाट दुई वर्षपछि पक्रेर ल्याएपछि उनको नाममा मात्रै जाहेरी ल्याउन माग गरेको तर आफूहरुले मेराजको नाममा पनि जाहेरी दिन खोज्दा ठोस प्रमाणको माग गरेको रावियाले बताइन्।
मृतक आरबी खाँका काका फज्लुर रहेमानले आरबीको निकै नै अमानवीय, विभत्सतरिकाले हात्या गरिएको भन्दै घटनाको सत्यतत्य छानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरे।
मृतको घाँटी रेटेको, भूडीबाट आन्द्रा झिकेको र आँखा निकालेर निकै नै क्रुर हत्या भएको विषयमा प्रहरीले मेराजको नाममा जहेरी नलिनुले प्रहरीमाथि नै गम्भीर आशंका रहेको काका रहेमानको भनाई छ।
२०८० चैतमा घटना भएको दुई वर्षपछि पीडितले भन्दा पनि प्रहरीले आफ्नो माग अनुसार अप्जलको नाममा जाहेरी दिन बाध्य परि दर्ता गरेको र त्यसपछि अप्जललाई अदालत उपस्थित गराएकोे रहेमानले जानकारी दिए।
बाँके जिल्ला अदालतले अनुसन्धानका लागि पूर्पक्ष थुनामा पठाए पनि उच्च अदालत नेपालगञ्ज तुल्सीपुर इजलासले ठोस प्रमाण नपुगेको भन्दै धरौटीमा छाड्न आदेश दिनुले थप पीडा भएको रहेमानको कथन छ।
उनले यसअघिको सरकारले आफूहरुलई न्याय नदिए पनि वर्तमान बालेन सरकारले न्याय दिने आशामा काठमाडौंसम्म पुगेको उनले बताए।
पत्रकार आशिष मल्ल ठकुरीले ०८० चैत १७ गते राति घटना भएको भोलिपल्टै सोही ठाउँकै आप्जल पठान भागेर भारत गएको तथा अर्का घटनामा संलग्न भनिएका मेराज खानको घटना स्थलमा कपडा भेटिएपछि उनीपनि भागेको हुँदा कानुनत उनीमाथिसमेत अनुसन्धान गरिनुपर्ने जिकिर गरे।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी