काठमाडौं। वीरगन्जको क्यासिनोमा नेपाली नागरिकलाई समेत जुवा खेलाएको आरोपमा गाउँपालिकाका अध्यक्ष र प्रहरी निरीक्षकसमेत ८ जना पक्राउ परेका छन्।
बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि ९क्यासिनो०मा प्रवेश गरेर जुवा खेलाउँदै गरेका सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रहरी इन्सपेक्टर प्रदीप पौडेलसहित उनिहरूलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित हुन्। प्रहरीले अध्यक्ष यादव चढ्ने गरेकाे सरकारी गाडीसमेत क्यासिनाेबाटै नियन्त्रणमा लिएकाे छ। उनीसहित वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा, हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको हो। पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक समेत हुन्।
त्यसैगरी नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी, पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज-१२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी पर्साका एसपी पवनकुमार भट्टराईले पक्राउ पुष्टि गर्दै इन्स्पेक्टर उनि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीद्वारा नगदसहित पुरस्कृत भएका थिए। प्रहरीका अनुसार शनिबार राति ड्युटी छोडेर उनी गाउँपालिका अध्यक्ष र केही स्थानीय व्यवसायीसहित क्यासिनोमा गएका थिए।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही