संसद विघटन

प्रधानमन्त्री ओली र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च अदालतमा ८ रिट दर्ता प्रकृयामा


प्रधानमन्त्री ओली र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च अदालतमा ८ रिट दर्ता प्रकृयामा

नेपालगन्ज : संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ताका लागि ८ वटा रिट पुगेका छन् । तर, कुनै पनि दर्ता भने भइसकेका छैनन् । रिट अध्ययनका क्रममा रहेकाले र केहीबेरमा दर्ता हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कानूनीविज्ञहरुले उक्त कदम विरुद्ध रिट दायरको तयारी गरेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदम गैर संवैधानिक रहेको भन्दै त्यसका विरुद्ध हिजै रिट दायर गर्ने तयारी भएको भए पनि समय अभावका कारण आज सरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता लोकेन्द्र केसी, केशरजंग केसी लगायतले रिट दायर गर्दैछन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानको मर्म विपरीत कदम चालेपछि दलका नेता, कानूनी मर्मज्ञहरुसँग न्यायिक ढोका ढक्ढक्याउनुको विकल्प छैन । त्यसैले नै कानूनविद्हरु ओली–भण्डारीका कदमविरुद्ध रिट लिएर अदालत पुगेका हुन् ।

हिजै रिट निवेदन बुझाइसकेको अधिवक्ता लोकेन्द्र ओली दर्ताका लागि सर्वोच्च परिसरमै छन् । आज रिट आज दर्ता भएमा यसको सुनुवाई भोलिबाटै शुरु हुने अपेक्षा गरिएकोछ ।