नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई पक्राउ गरेकोछ ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत उक्त मुद्दामा फरार रहेका वेगम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
२०५६ मंसिर १९ गते साविक फत्तेपुर गाविस–८ हाल राप्ती सोनारी गाउँपालिका वडा नम्बर –६ स्थित जबरजस्ती करणी गरि फरार रहेका पुनलाई मङ्गलबार पक्राउ गरेको प्रहरीले जनाएकोछ ।
जिल्ला अदालत बाँकेबाट १ वर्ष ६ महिना २० दिन कैद सजाय तोकिएका ती जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला प्यूठान पकला गाविस–४ घर भई बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर–६ बस्ने ४२ वर्षिय पुनलाई पक्राउ गरि बुधबार आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएकोछ ।