नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई पक्राउ गरेकोछ ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत उक्त मुद्दामा फरार रहेका वेगम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
२०५६ मंसिर १९ गते साविक फत्तेपुर गाविस–८ हाल राप्ती सोनारी गाउँपालिका वडा नम्बर –६ स्थित जबरजस्ती करणी गरि फरार रहेका पुनलाई मङ्गलबार पक्राउ गरेको प्रहरीले जनाएकोछ ।
जिल्ला अदालत बाँकेबाट १ वर्ष ६ महिना २० दिन कैद सजाय तोकिएका ती जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला प्यूठान पकला गाविस–४ घर भई बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर–६ बस्ने ४२ वर्षिय पुनलाई पक्राउ गरि बुधबार आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएकोछ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै