काठमाडौं। पार्टीको केन्द्रीय निर्देशन नमानेका चारजना प्रदेश सांसदहरूलाई जनता समाजवादी पार्टी ९जसपा० नेपालले कारबाही गरेको छ। उनिहरूलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।
नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारी भएपछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत मागेका थिए। त्यसक्रममा जसपाले उनलाई विश्वासको मत नदिन भनेको थियो। तर जसपा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यले पार्टीको नेतृत्व विपरीत उनलाई विश्वासको मत दिएका थिए।
ललितपुरको बालकुमारीमा तीन दिन चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई पार्टीले निष्काशन गरेकाे हाे। लुम्बिनीका चार सांसदहरूले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएपछि कारबाही गरिएको हो।
कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने जसपा नेपालले जनाएको छ।
यस्तै, कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पनि पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टीकरण साध्ने निर्णय भएको जसपाका नेता मनिष सुमनले जानकारी दिए। लिम्बुको स्पष्टीकरण चित्तबुझ्दो नआए उनलाई पनि निष्कासन गरिने उनले बताए।
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान