नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध मुद्दामा फरार रहेका एक प्रतिवादी फक्रा गरेकोछ ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत लागुऔषध मुद्दामा फरार रहेका दीलबहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ वैशाख ३१ गते बाँकेको मनिकापुर गाविस–८ हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मदनापुरबाट फरार रहेका दीलबहादुरलाई बिहीबार पक्राउ गरिएको बाँके प्रहरीले जनाएकोछ ।
जिल्ला अदालत बाँकेबाट २ महिना १० दिन कैद सजाय तोकिएका लागू औषध मुद्दामा फरार रहेका प्रतिवादी मदनापुर बस्ने २७ वर्षिय दीलबहादुरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको ।
बाँके प्रहरीका अनुसार हालसम्म ४८२ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै