नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध मुद्दामा फरार रहेका एक प्रतिवादी फक्रा गरेकोछ ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत लागुऔषध मुद्दामा फरार रहेका दीलबहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ वैशाख ३१ गते बाँकेको मनिकापुर गाविस–८ हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मदनापुरबाट फरार रहेका दीलबहादुरलाई बिहीबार पक्राउ गरिएको बाँके प्रहरीले जनाएकोछ ।
जिल्ला अदालत बाँकेबाट २ महिना १० दिन कैद सजाय तोकिएका लागू औषध मुद्दामा फरार रहेका प्रतिवादी मदनापुर बस्ने २७ वर्षिय दीलबहादुरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको ।
बाँके प्रहरीका अनुसार हालसम्म ४८२ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।