नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाँउपालिका १ कुसुममा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
शुक्रबार साँझ ६ः४५ बजेको समयमा दक्षिणकाली पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार रोल्पाका राजेश सुनारको ज्यान गएको हो ।
ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्करबाट रा ५ प ९६०० नम्बरको मोटरसाईकलमा सवार रोल्पा लिवाङका २६ वर्षिय सुनारको उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमै ज्यान गएको हो ।
नेपालगन्ज आउँदै गरेका सुनारलाई दाङतर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको थियो । मोटरसाइकल पछाडि बसेका अर्का एकजना भने सकुशल रहेका छन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मोटरसाइकललाई ठक्कर दिने गाडी चालकलाई नियन्त्रण लिएर आवश्यक कारबाही अगाडी बढाएको जनाएको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै