नेपालगन्ज : भारतबाट अवैधरुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको १० वटा घोडाखच्चड वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी इन्चार्ज डिल्ली खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलिले नेपालगन्जको बुलबुली पछाडि संसानघाटबाट घोडा खच्चड नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकोछ ।
नियन्त्रणमा लिएको घोडा खच्चड अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएकोछ ।
शनिवार साँझ साढे सात बजे ती घोडा खच्चड नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेर घोडाखच्चड तस्करीमा संलग्न ब्यक्तिहरु भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएका घोडा खच्चड आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै