भन्सार छलि ल्याइएका घोडा खच्चड भन्सार कार्यालय बुझाइयो


भन्सार छलि ल्याइएका घोडा खच्चड भन्सार कार्यालय बुझाइयो

नेपालगन्ज : भारतबाट अवैधरुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको १० वटा घोडाखच्चड वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी इन्चार्ज डिल्ली खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलिले नेपालगन्जको बुलबुली पछाडि संसानघाटबाट घोडा खच्चड नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

नियन्त्रणमा लिएको घोडा खच्चड अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएकोछ ।

शनिवार साँझ साढे सात बजे ती घोडा खच्चड नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेर घोडाखच्चड तस्करीमा संलग्न ब्यक्तिहरु भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएका घोडा खच्चड आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।