प्रमुख जिल्ला अधिकारि आचार्यद्वारा कारागारको अनुगमन

खेल सामाग्री प्रदान, सुधारिएको चुल्हो लगाइने


प्रमुख जिल्ला अधिकारि आचार्यद्वारा कारागारको अनुगमन

तुललीपुर : दाङ जिल्लामा रहेका दुईवटा कारागारको प्रमुख जिल्ला अधिकारि जयनारायण आचार्यले स्थलगत अनुगमन गरेकाछन् । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारि आचार्यले प्रायजसो सबै कोठा कोठामा पुगेर कैदिबन्दिहरुको बस्तुस्थितीका बारेमा जानकारि लिएकाछन् ।

कारागारहरुमा बन्दि जिवन बिताई रहेका नागरिकहरुलाई बस्न र खान लगायतका समस्या नहोस् भन्ने उद्देश्य लिएर जिल्लाका कारागारको अनुगमन गरिएको थियो । सो अवसरमा कारागारमा रहेका प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगिको भुमिका निर्वाह गर्ने प्रजिअ आचार्यले प्रतिबद्दता ब्यक्त समेत गरे ।

कारागार अनुगमनका क्रममा बन्दिहरुका चौकिदारहरुले सामुहिकरुपमा आफ्ना समस्या राखेका थिए । उनीहरुले लाईब्रेरिमा प्रयाप्त किताबहरु नभएको, खेल सामाग्रीको कमि भएको, खानेपानिको ब्यबस्थापन गर्नुपर्ने तथा तुलसीपुर कारागारमा पानि चुहिने समस्या भएको हुँदा कैदी बन्दीको बसाई सहज बनाउन माग गरेका थिए ।

यस्तै उनीहरुले कारागारभित्र सुधारिएको चुल्हो ब्यबस्थापन हुन नसक्दा स्वासप्रश्वास सम्बन्धि समस्या झेल्नुपरेको समेत बताएका थिए । मुलुकि ऐन लागु भैसकेको अवस्थामा पनि कारागार प्रशासनमा केहि सुधार हुन नसक्दा सम्बन्धित निकायको उदासिनता प्रति उनीहरुले दुख प्रकट गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

६ महिना कैद बाँकि रहेका बन्दिहरुलाई निर्माण, सीपमुलक र उत्पादनमा लगाउनुपर्ने प्राबधान कानूनमा रहेपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको भन्दै यसतर्फ ध्यान दिन उनीहरुले माग गरे ।

कारागारमा सुधारिएको चुल्हो

यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्याल दाङले केन्द्रमा सिफारिस गरेको छ । यस अघि परम्परागतरुपमा दाउराबाट खाना पकाउने काम भैरहेको थियो । जसबाट कारागार भित्र स्वास्थ्य सम्बन्धि बिभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका दुईवटै कारागारमा दाउरा बिस्थापित गरि ग्यास र ईलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न बिभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारि दिए ।

उनका अनुसार कारागारमा आवश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखितरुपमा पेश गरेर नितिगत रुपमै समाधान गर्नेतर्फ आफु लागिपरेको समेत बताए ।

बन्दिहरुलाई खेल सामाग्रि हस्तान्त्रण

यता प्रमुख जिल्ला अधिकारि आचार्यको अनुरोधमा दाङमा रहेका दुई कारागारमा खेल सामाग्रिहरु हस्तान्तरण गरिएको छ । तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालले ब्यक्तिगतरुपमा खेल सामाग्रि प्रदान गरेका हुन् ।

फुटबल, भलिबल, ब्याटम्यान्टिन र नेट सहितका खेल सामाग्रिहरु प्रमुख जिल्ला अधिकारि मार्फत कारागारमा प्रदान गरिएको छ । सो अवसरमा जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, तुलसीपुर उद्योग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतको सहभागिता रहेको थियो ।