नेपालगन्ज : ‘बलियो जग र घर भूकम्पिय सुरक्षाको आधार’ भन्ने मूलनाराका साथ बाँकेमा पनि २३ औं भूकम्प सुरक्षा दिवस–२०७७ मनाइएको छ ।
दिवसका सन्दर्भ पारेर सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगञ्ज बाँकले, भूकम्पको खोज तथा उद्वारमा प्रयोग गरिने औजार तथा सामाग्रीहरुको प्रदर्शन गरेको छ ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङ्गले बाँके जिल्ला पनि भूकम्पको दृष्टिले उच्च जोखिममा रहेको र जोखिम न्यूनिकरणका लागि भूकम्प प्रतिरोधात्मक अवधारणा अपनाउन सरोकारवाला निकाय र आम समुदायलाई थप सुसुचित गर्न गराउन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकार कुरुम्बाङ्गको अध्यक्षता सम्पन्न दिवसमा घट्नाको कृतिम अभ्यास समेत गरिएको थियो । यसका साथै नेपाल रेडक्रस सोसाइटी बाँकेले कृत्रिम घट्ना अभ्यास गरि घाईतेहरुको प्राथमिक उपचार गरेका थिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सबै क्षेत्रगत अगुवाहरु, विपद्संग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एबम प्रतिनिधि, संचारकर्मीहरुको उपिस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गरेका थिए ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै