नेपालगन्ज २ फागुन : बुहविवाह मुद्दामा फरार रहेका दुई अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
कोहलपुर नगरपालिका वडा नम्बर ४, निवुवा बस्ने ३४ वर्षिय जयबहादुर गिरी र सोही स्थान बस्ने ३३ वर्षिय छायाँ गिरीलाई बाँके प्रहरीले आईतबार पक्राउ गरेको हो ।
बहु बिवाह मुद्दामा जिल्ला अदालत बाँकेले २०६८ कात्र्तिक ३० गते उनीहरु विरुद्ध २ वर्ष कैद सजाय फसला गरेको थियो ।
अदालतबाट फैसला भइ फरार रहेका विभिन्न मुद्दाका अभियुक्त पक्राउ गर्ने अभियान अन्र्तगत बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
फरार रहेका दुबै जनालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएको छ ।
हालसम्म जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी कार्यालयबाट गरी जम्मा ५२९ जना फरार अभियुक्त पक्राउ परेका छन् । यो अभियान निरन्तर चलिरहने बाँके प्रहरीले जनाएको छ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं