बहुबिवाह मुद्दामा फरार कोहलपुरका २ अभियुक्त पक्राउ


बहुबिवाह मुद्दामा फरार कोहलपुरका २ अभियुक्त पक्राउ

नेपालगन्ज २ फागुन : बुहविवाह मुद्दामा फरार रहेका दुई अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।

कोहलपुर नगरपालिका वडा नम्बर ४, निवुवा बस्ने ३४ वर्षिय जयबहादुर गिरी र सोही स्थान बस्ने ३३ वर्षिय छायाँ गिरीलाई बाँके प्रहरीले आईतबार पक्राउ गरेको हो ।
बहु बिवाह मुद्दामा जिल्ला अदालत बाँकेले २०६८ कात्र्तिक ३० गते उनीहरु विरुद्ध २ वर्ष कैद सजाय फसला गरेको थियो ।

अदालतबाट फैसला भइ फरार रहेका विभिन्न मुद्दाका अभियुक्त पक्राउ गर्ने अभियान अन्र्तगत बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

फरार रहेका दुबै जनालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हालसम्म जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी कार्यालयबाट गरी जम्मा ५२९ जना फरार अभियुक्त पक्राउ परेका छन् । यो अभियान निरन्तर चलिरहने बाँके प्रहरीले जनाएको छ ।