काठमाडौं। भोटेकोशी बाढीपछि त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङमा फँसेका २ जनालाई दशौं दिनमा जीवितै उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीहरूको संयुक्त टोलीले सुरुङबाट उनिहरूलाई निकालेको हो।
त्यहाँबाट सञ्जय साह र कबिर महर्जनको उद्धार भएको हो। कबिर काठमाडौं निवासी हुन् भने उनि मेकानिकल सुपरभाइजर हुन्। त्यस्तै सप्तरीका साह मेकानिकल फोरम्यानका रुपमा त्यहाँ कार्यरत थिए।
उनिहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। साहको अवस्था सामान्य छ भने महर्जन अलि कमजोर देखिएका छन्। उनिहरूलाई सैनिक अस्पताल छाउनीमा राखिएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार यो सञ्चालनमै आइसकेको परियोजना थियो। लगभग ६० मेगावाटको यो परियोजनामा मर्मतको काम चलिरहेको थियो।
सुरुङभित्र लगभग ४२ जना कर्मचारीहरू थुनिएको आशंका गरिएको छ। उद्धार गरिएकाहरूले भित्र अरु पनि मानिस भएको बताएका छन्। तर कति छन् भन्ने यकीन छैन।
उद्धारकर्मीहरूका अनुसार भित्रबाट अरु व्यक्तिको पनि आवाज सुनिएका कारण अझै धेरै मानिस हुनसक्ने अनुमान गरेका छन्।
उद्धार गरिएका महर्जन र साह सुरुङमा बाढी पस्न थालेपछि बाहिर निस्किन खोजेका थिए। तर लेदोले भरिएपछि उनिहरू बीचमै थुनिए। सुरुङको लगभग आधा भागमा उनिहरूलाई उद्धारकर्मीले भेटाएका थिए।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो