मुस्लिमको मदरसा बनाउन हिन्दुद्वारा जग्गादान


मुस्लिमको मदरसा बनाउन हिन्दुद्वारा जग्गादान

File Photo

नेपालगन्ज ३ फागुन : झापाको बिर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दु समाजसेवीले जग्गादान गरेका छन् ।

मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख रुपैयाँ मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पु¥याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए । हाल स्थानीय मस्जिदमा कक्षा–४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा–१२ सम्म पठनपाठन हुने गरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए । सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए ।

समाजसेवी प्रसाईं हिन्दु हुन् । उनको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दु–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीय पत्रकार विजय बरालले बताए । जग्गादाता प्रसाईंलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ । मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उनले बताइन् । -रासस