नेपालगन्ज ३ फागुन : नेपालगन्जकी अनु केसीले ग्राण्ड विनर टाईटल हात पारेकी छन् ।
मेजेष्टिक ग्रुपको आयोजनामा नेपालगन्जमा सम्पन्न मोडल अफ नेपालगन्ज–२०२१ को (ग्रान्ड विनर टाइटल) नेपालगन्जकी अनुले जित्न सफल भएकी हुन् ।
यस्तै प्रतियोगिता अन्र्तगत मिस्टर मोडेल अफ नेपालगन्ज–२०२१ को उपाधी अर्जुन आर्या र मिस मोडेल अफ नेपालगन्ज–२०२१ को उपाधी दीपा पाण्डेले हात पारेका छन् । भने फस्ट रनरअप अर्मान सिद्द्गी, सेकेण्ड रनरअप इशा घिमिरे, अर्गनाइजर च्वाइस इम्तियाज सिद्द्किी, भिवर्स च्वाइस अमिशा चौरासिया र मोडेल अफ एम्बेस्डर नेपालगन्जको अनिल खटिक हुन सफल भएका छन् ।

रबि रानाले सञ्चालन गरेको कार्यक्रममा समीर न्यौपाने मिस्टर टिन ग्लाम हेरिटेज ईन्टरनेशनल– २०१९, करुणा अवस्थी मिस मोडेल अफ फारवएस्ट नेपाल–२०२१ तथा दुर्गा थापा ड्रेस डिजाइनर निर्णायक मण्डलमा रहेका थिए ।
नेपालगन्जका सतिस सहानीले आयोजना गरेको उक्त कार्यक्रमलाई आकृति जोशीले कोरियोग्राफ गरेकी हुन् । भने कार्यक्रम नेपालगन्ज उपमाहानगरपालिका वडा नम्बर– १२ का वडाअध्यक्ष बुद्धि सागर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रम अफुले सोँचे जस्तो सब्य र भब्य भएकोमा खुसी ब्यक्त गर्दै नेपालगन्जले दिएको मायाले आफू निकै खुशी भएको भन्दै नयाँ प्रतिभाहरु उजागर गर्न आगामी दिनमा समेत यस्ता प्रतियोगिताहरु सञ्चालन गर्दै जाने म्याजेस्टिक ग्रुपका संस्थापक मन्जेस गिरिले बताए ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं