फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस


फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

File Photo

नेपालगन्ज १७ फागुन : मन्त्रिपरिषद्को बैठकले आगामी फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेकोछ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको हो ।

आगामी फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएकोछ ।

यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल गरेपनि औपचारिक निर्णय भने आज गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यही फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश गरेको थियो ।