नेपालगन्ज। डोल्पा जिल्ला कारागारबाट भागेकामध्ये चारजना भेटिएका छन्। उनिहरूलाई प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।
केही दिनअघि सुरुङ खनेर कारागारबाट निस्किएका आठ जना कैदीमध्ये चार जना मंगलबार र बुधबार बिहान पक्राउ परेका हुन्। दुईजनालाई प्रहरीले मंगलबार रुकुम पश्चिमबाट र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जनालाई नियन्त्रणमा लिएको हो।
बुधबार बिहान ३ बजे त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेका छन्। उनीहरूलाई पक्राउ गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।
यसअघि मंगलबार रुकुम पश्चिमबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना पक्राउ परेका थिए।
कारागारबाट फरार भएकामध्ये अब डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी फरार रहेका छन्।
गत कात्तिक १४ गते राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ।
सोलुखुम्बुमा ठोक्किए दुई हेलिकप्टर, एकजना विदेशीको मृत्यु
मंगलबार, कात्तिक १७, २०८३
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
सोमबार, कात्तिक १६, २०८३
राराको जंगलमा हराएका १२ जना पर्यटकलाई सेनाले गर्यो उद्धार
डोल्पा ‘जेल ब्रेक’: भागेका ४ जना कैदी भेटिए, अरु चार जनालाई खाेज्न प्रहरी अझै गाउँगाउँमा
सोलुखुम्बुमा ठोक्किए दुई हेलिकप्टर, एकजना विदेशीको मृत्यु
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
बाँकेमा बलियो बन्दै देउवा पक्ष: वर्तमान र पूर्व सांसदहरू एकै ठाउँमा, गगनतिर आएकाहरू पनि फर्किए
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा