बाँके सहित ९ जिल्लाले अझैं पठाएनन क्रियाशील सदस्यताको विवरण, कार्यतालिका फेरि प्रभावित

बढे युवा सदस्य


बाँके सहित ९ जिल्लाले अझैं पठाएनन क्रियाशील सदस्यताको विवरण, कार्यतालिका फेरि प्रभावित

नेपालगन्ज १७ चैत : नेपाली काँग्रेसका अनुसार सोमबार बेलुकासम्म करिब ५ लाख नाम सूचीकृत भएका छन् । बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा, सप्तरी, सिरहा, धनुषा, बारा र रसुवाले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सुरु नै गरेका छैनन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सबैभन्दा बढी गण्डकी प्रदेशले टुंग्याएको छ । गण्डकीले ७० प्रतिशत बढी कार्य सक्दा प्रदेश २ ले १० प्रतिशत हारहारीमा काम सकेको छ ।

क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा आइसकेपछि त्यसउपर उजुरीका लागि समय उपलब्ध हुन्छ । उजुरी आव्हान गर्ने समयावधिमा प्रवेश गर्न नसक्नु क्रियाशील सदस्यता नटुंगिनुको कारण रहेको छ । छानबिन समितिले आफ्नो कार्य सकेर जेठ मसान्तसम्म नामावली केन्द्रीय सभापतिलाई बुझाउनुपर्नेछ । तोकिएको समयमा छानबिन गरी नामावली बुझाउन नसकिने कारणसहित समिति सदस्यले शीर्ष नेतालाई जानकारी गराइसकेका छन् ।

क्रियाशील सदस्यता विवाद काँग्रेसका सबै महाधिवेशनमा विवादमा पर्ने मुख्य विषय रहेको छ । पार्टी भित्रका गुट, समायोजन कार्यको विवाद, केन्द्रीय निर्देशिकाको उल्लंघन लगायतले यसपटक क्रियाशील सदस्यताको विवाद आउने समिति सदस्यहरुको आँकलन छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि काँग्रेसको १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्यता छानबिन गर्न नरहरि आचार्यको छानबिन समितिलाई ७ महिना लागेको थियो । आचार्य तुलनात्मक रुपमा विवादरहित व्यक्ति थिए । यसपटक स्वार्थ समूहले क्रियाशील सदस्यता छानबिनलाई प्रभावित पार्नसक्ने आशंका पनि छ ।

बढे युवा सदस्य

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा युवा सदस्य संख्या बढ्ने आँकलन गरिएकोछ । काँग्रेसले यसपटक १३औं महाधिवेशन भन्दा शतप्रतिशत क्रियाशील सदस्यता बृद्धि गर्ने निर्णय गरेको छ । जसका कारण युवा सदस्य बढ्ने पक्कापक्कि छ ।

क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यमा ४० वर्ष उमेर समूह भन्दा मूनिका ३७ प्रतिशत रहेका छन् । यसपटक युवा उमेर समूहका क्रियाशील सदस्यता बढ्ने आँकलन छ । धेरै युवाले क्रियाशील सदस्यता लिएको भन्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत खुशी व्यक्त गरेकाछन् ।

कार्यतालिका फेरि प्रभावित

यसैबीच नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिले निर्धारण गरेको समय अनुसार क्षेत्रीय र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको विवरण सूचीकृत नगरेसँगै कार्यतालिका प्रभावित बनेको हो ।

नयाँ सदस्यको नाम ‘इन्ट्री’ गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई छ भने नवीकरणको अधिकार जिल्ला कार्यसमितिलाई छ । नयाँ र पुराना दुवैको नाम ‘इन्ट्री’ गर्न यस पटकदेखि प्रविधिको विकास गरिएको छ ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लालाई नवीकरण र नयाँ सदस्यता वितरणको समयावधि फागुन २८ सम्मलाई छुट्याइएको थियो । एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाले केन्द्रमा नाम पठाउने अवधि चैत्र १० गतेसम्मलाई तोकिएको थियो । निर्धारित मितिमा क्रियाशील सदस्यताको कार्य टुंगिन नसकेसँगै अन्य कार्यतालिका प्रभावित हुने भएको छ ।

सदस्यता टुंगिएको भए हाल जिल्ला तहले छानबिनका लागि परेका उजुरीउपर प्रारम्भिक अध्ययन गर्ने समय थियो । प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची केन्द्रमा पठाउने अवधि चैत अन्तिमसम्मलाई तोकिएको थियो । प्रारम्भिक छानबिनको चरणमा कार्यतालिका प्रवेश गर्नै पाएको छैन ।

तर, क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलका अनुसार अहिलेसम्म पुरै नाम आइसकेको छैन । यसले गर्दा छानबिनको प्रक्रियामा जान सकिएको छैन । सबै नामावली आइसकेपछि छानबिन गर्ने तयारी भएकोछ ।

यस्तो छ कार्यतालिका

आगामी असार ७ गतेभित्र क्रियाशील सदस्यताको टुंगो लगाई तल्लो तहदेखि अधिवेशन सुरु गर्ने कार्यतालिका बनाइएको छ । महाधिवेशनका लागि तोकिएको अन्तिम मिति प्रभावित नहुने गरी पुनः कार्यतालिका संशोधन गर्न लागिएको छ । कार्यतालिका संशोधनकै लागि केन्द्रीय समितिको बैठक चैत २० का लागि बोलाइएको छ ।

वडा अधिवेशनका लागि असार २० तोकिएको छ । गाउँ÷नगरपालिकाको अधिवेशन असार २२ मा हुने गरी समय निर्धारण गरिएको थियो । प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते अधिवेशन गरिने गरी मिति तय गरिएको थियो । साथै, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन साउन ६ गते गर्ने गरी समय तोकिएको छ । केन्द्रीय महाधिवेशन भदौको ७ देखि १० सम्म हुनेछ ।