काठमाडौं। नेपाली काँग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशन कुनै पनि हालतमा नसर्ने बताएका छन्। पार्टीका एक पक्ष (शेरबहादुर देउवा समूह) ले समानान्तर महाधिवेशन घोषणा गरेर ‘सहमति’का लागि बार्गेनिङ गरिरहेका बेला उनले सहमति गर्ने नै बाहानमा कुनै पनि हालतमा महाधिवेशन नसर्ने बताएका हुन्।
जिपी कोइराला फाउन्डेशनले आयोजना गरेको एक कार्यक्रममा उनले पार्टी महाधिवेशन १ घण्टा पनि तलमाथि नहुने बताए। महाधिवेशनको तिथि मिति कहीँ कतै सर्छ कि भनेर अलमलमा नपर्न पनि उनले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरे।
’केही दिनमै कांग्रेसको अधिवेशन प्रारम्भ हुन्छ, असोज ३ र ४ गतेबाट वडा अधिवेशन हुन्छ। असोजको १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुन्छ। तिथिमिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाएँ। संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। महाधिवेशन १ घण्टा पनि सर्दैन। अलमल नपर्नुहोला’ उनले भने।
महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित नगरेको जिकिर गर्दै सबैले भाग लिने विश्वास व्यक्त गरे। महाधिवेशनलगत्तै पार्टीपंक्ति जनतासँग सम्बन्ध जोड्न देश दौडाहमा निस्किने उनको भनाइ थियो।
‘महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित्ने साथीहरू नेतृत्वमा रहनुहुन्छ। जिम्मेवारीमा नआउने साथीहरूलाई पनि साथ लिएर नागरिकहरूसँगको विश्वास जोड्न हामी ७७ जिल्ला पुग्छौ’ उनले भनेका छन् ‘जहाँ नरम हुनुपर्छ त्यहाँ नरम हुने हो, जहाँ निर्मम हुनुपर्छ हुने हो। पार्टीभित्रको फोहोर सफा गर्ने कुरामा निर्मम हुने हो। पार्टीभित्रको एकता बनाउनको लागि नरम हुने हो। मैले त्यही सिकेको छु।’
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ