नवनियुक्त द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साह
काठमाडौं। देशभरि खाना पकाउने ग्याँसको अभाव चुलिएको दुई महिनाभन्दा धेरै भइसक्यो। अहिलेसम्म पनि उपभोक्ताले सजिलोसँग ग्याँस पाउन सकेका छैनन्। यस्तो अवस्थामा ग्याँसको अभावलाई टार्न नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन्।
बिहीबार नै उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री बालेन शाहले दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरे। नियुक्तिसँगै सपथ ग्रहण गरेर उनले कार्यभारसमेत सम्हालिसकेका छन्।
यसअघिकी मन्त्री यादवले अन्तिम अवस्थामा उद्योगी, ब्यापारी र कर्मचारीहरूको असहयोगका कारण ग्याँस आपूर्ति सहज बनाउन नसकिएको भन्दै उनिहरूको चर्को आलोचना गरेकी थिइन्। यादवले उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’भन्दै आक्रोशसमेत व्यक्त गरेकी थिइन्। रातारात उनको त्यो अभिव्यक्तिको चर्को आलोचना भयो। देशभरिका ग्याँस उद्योगहरूको लाइसेन्स खारेजीसम्मको चेतावनी दिएकी मन्त्री यादवको अभिव्यक्तिलाई लिएर ब्यापारीहरूले प्रधानमन्त्रीसँगै गुनासो गरेका थिए। लगत्तै अर्को दिन उनले राजीनामा दिइन्।
बिहीबारदेखि नै दीपककुमार साहले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। र पदभार सम्हाल्दै उनले आफ्नो पहिलो प्राथमिकता आम उपभोक्तामाझ ग्यासको सहज आपूर्ति मिलाउनु रहेको बताएका छन्।
‘जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ। यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ’ उनले भने। त्यस्तै उनले अघिल्लोमन्त्री यादवले अधुरा छोडेका कामहरू पूरा गर्ने वाचा पनि गरे।
सपथ ग्रहणलगत्तै मन्त्रालय पुगेका उनले लगाएको जुत्ता फुकालेर ढोकामा घोप्टो परेर ढोगेपछि भित्र छिरेका थिए। त्यसपछि कार्यकक्षमा राष्ट्रिय झन्डामुनि निहुरिएर उनले पदभार सम्हालेका थिए।
साहले सुनसरी(४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद हुन्।
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै