संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं

काठमाडौं। दाङबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसद कमल सुवेदीले दाङ जिल्लालाई देशको संघीय ९प्रशासनिक० राजधानी बनाउन प्रतिनिधसभामा प्रस्ताव गरेका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दाङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद सुवेदीले संघीय राजधानी काठमाडौं धेरै सानो क्षेत्रफलमा सिमित भएको भन्दै एशियाकै ‘ठूलो उपत्यका’ भनिएको दाङमा राजधानी सार्न प्रस्ताव गरेका हुन्। 

‘अहिले काठमाडौंमा राजधानी रहेको छ। विपद्को हिसाबले हेरौँ वा अन्य जनघनत्वको हिसाबले हेरौँ, यसलाई पनि अब पुनर्विचार गर्ने गरी दाङलाई प्रस्तावका रूपमा अघि बढाऔँ’ उनले भनेका छन् ‘दाङ दक्षिण एशियाकै ठूलो उपत्यका हो, त्यहाँ प्रशासनिक राजधानी राखेर जाँदा धेरै सहज हुन्छ भन्ने लाग्छ। हामीले अब विपद्बाट बच्न धेरै क्षेत्रहरू हेर्नुपर्ने हुन्छ। 

सुवेदीले प्राकृतिक विपद्बाट बच्नका लागि जोखिमयुक्त बस्तीको जोखिम नक्साङ्कन गर्नुपर्ने र जमिनहरू कति बस्न लायक छन् यकिन गरेर नीति बनाउनुपर्ने र नेपाल, भारत र चीनबीच सामूहिक रूपमा विपद्का सूचना प्रणालीको विकास गर्नुपर्ने जनाएका छन्।

त्यस्तै उनले वीरगञ्जलाई औद्योगिक राजधानीका रुपमा विकास गर्न पनि प्रस्ताव गरेका छन्।