बेरोजगार युवालाई रोजगारी दिन होटल वेटर तालिम


बेरोजगार युवालाई रोजगारी दिन होटल वेटर तालिम

खजुरा ३० चैतः बाँकेको खजुरामा ३० दिने होटल वेटर तालिम सञ्चालन भएको छ ।

खजुरा गाउँपालिकाको आर्थिक सहयोग र रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिको आयोजनामा खजुरा गाउँपालिका भित्रका बेरोजगार २० जना यूवा यूवतीलाई रोजगारको अवसर दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिम पश्चात रोजगारको समेत ग्यारेण्टी दिने गरि आयोजना गरिएको रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिका होमबहादुर सुनारले जनाएका छन् ।

चैत २५ देखि २०७८ बैशाख २५ सम्म सञ्चालन हुने तालिम खजुरा स्थित मिनीपार्क होटलमा सञ्चालन भैरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

होटल वेटर तालिमले बेरोजगार युवा युवतीलाई रोजगारको अवसर प्राप्त हुने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनाए ।

होटल ब्यबसाय क्षेत्रमा वेटरको बढ्दो मागलाई मध्यनजर गर्दै खजुरा गाउँपालिकाले आयोजनागरेको होटल वेटर तालिमले बेरोजगार युवालाई प्रत्यक्ष फाईदा पुग्ने होटल ब्यबसाय संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए ।

खजुरा गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष तिलकबिर सुनारले बढ्दो बेरोगारी समस्या हल गर्न सहयोग सिद्ध हुने बिश्वास ब्यक्त गरे ।

खजुरा स्थित मिनीपार्क होटलमा सञ्चालन गरिएको तालिमको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति र होटल ब्यबसाय संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले संयुक्त रुपमा तापलमको उद्घाटन गरेका हुन ।