कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा


कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा

सुर्खेत ६ वैशाख : कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो ।

कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सचिव पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ । -रासस