सुर्खेत ६ वैशाख : कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो ।
कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए ।
सचिव पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ । -रासस
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा