देशभर भेटिए थप ८ हजार ४१८ जना कोरोना संक्रमित


देशभर भेटिए थप ८ हजार ४१८ जना कोरोना संक्रमित

नेपालगन्ज वैशाख : नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर र एन्टिजेन परीक्षणसहित थप ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १७ हजार ३१५ जनाको पीसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जना गरि कुल ८ हजार ४१८ जनामा कोरोना पोजिटिभ पाइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कुल संक्रमितमध्ये हाल देशभर ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । देशका विभिन्न क्वारेन्टिनमा हाल ३९८ जना संक्रमित छन् । भने पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ३७० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ ।