नेपालगन्ज वैशाख : नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर र एन्टिजेन परीक्षणसहित थप ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १७ हजार ३१५ जनाको पीसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जना गरि कुल ८ हजार ४१८ जनामा कोरोना पोजिटिभ पाइएको हो ।
कुल संक्रमितमध्ये हाल देशभर ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । देशका विभिन्न क्वारेन्टिनमा हाल ३९८ जना संक्रमित छन् । भने पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ३७० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं