ओलीले लिए प्रधानमन्त्रीको शपथ, पुरानै मन्त्रिपरिषदलाई निरन्तरता (नामावलीसहित)


ओलीले लिए प्रधानमन्त्रीको शपथ, पुरानै मन्त्रिपरिषदलाई निरन्तरता (नामावलीसहित)

नेपालगन्ज ३१ वैशाख : केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण लिएकाछन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएकाछन् ।

पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बन्ने प्रक्रियामा रहेकाले आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट मन्त्री बन्ने सम्भावना रहेन ।

Kanti Aarogya Hospital Nepalgunj

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको हुनाले ओलीको मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिएका हुन् ।

ओलीले तेस्रोपटक प्रधानमन्त्रीको सपथ शुक्रबार दिउँसो २ः३० बजे लिएका हुन् । उनले २०७२ असोज २५ गते पहिलोपटक र २०७४ फागुन ३ गते दोस्रोपटक शपथ लिएका ओली पुनः हिजो बिहीबार प्रधानमन्त्री भएका हुन् ।

यस्तो छ प्रधानमन्त्री ओलीको मन्त्रीमण्डल (नामावलीसहित)

केपी शर्मा ओली प्रधानमन्त्री र रक्षाको जिम्मेवारी लिएका छन् भने ईश्वर पोखरेलले उपप्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा लिएकाछन् ।
यसैगरी रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, विष्णुप्रसाद पौडेल अर्थ मन्त्री, प्रदीपकुमार ज्ञवाली परराष्ट्र मन्त्री, हृदेश त्रिपाठी स्वास्थ्य तथा जनसंख्या मन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मा लिएकाछन् ।

यस्तै कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रभु साह सहरी विकास मन्त्री, भानुभक्त ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मणिचन्द्र थापा खानेपानी मन्त्री, पद्माकुमारी अर्याल कृषि तथा पशुपन्छी विकास मन्त्री, वसन्तकुमार नेम्वाङ्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्री, गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, डाक्टर शिवमाया तुम्बाहाङफे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मा लिएकाछन् ।

त्यसैगरि लिलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, गणेसिंह ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रेमबहादुर आले वन तथा वातावरण मन्त्री, लुलीकुमारी महतो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, रामविर मानन्धर सहरी विकास राज्यमन्त्री र विमला विक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री जिम्मेवारी दिइएकोछ ।