सिंहदरबारमा ओली-नेपाल वार्ता जारी


सिंहदरबारमा ओली-नेपाल वार्ता जारी

नेपालगन्ज २ जेठ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिएपछि केही पर धकेलिएको प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएकोछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच अहिले दिउँसो ‘वान टू वान’ वार्ता शुरु भएको हो ।

सो भेटमा पार्टीका आन्तरिक विवाद समाधानका लागि कार्यदल बनाउने निर्णय हुनसक्ने बताइएको छ । यसअघि शुक्रबार ओली पक्ष र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा लामो छलफल भएको थियो ।

सो छलफलमा पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट क्रियाशील बनाउन ओली तयार भएका थिए भने त्यसका लागि विस्तृतरुपमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सोहि बैठकले कार्यदलका सदस्यहरुको चयन गर्ने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो ।