संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने : काँग्रेस


संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने : काँग्रेस

नेपालगन्ज ८ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । काँग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

शनिबार बिहान बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको काँग्रेसको ठहर छ । त्यसको विरोध गर्न काँग्रेसले नागरिक समाजलाई अपील समेत गरेको छ ।