प्रतिनिधिसभा विघटनको फैसला असार २८ गते


प्रतिनिधिसभा विघटनको फैसला असार २८ गते

नेपालगन्ज २१ असार : प्रतिनिनिधसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ ।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सोमबार सुनवाई सकिएसंगै सर्वाेच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको हो ।

सोमबार रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिएका थिए । एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

जसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलासमा बहस भएको हो । असार ९ देखि शुरु भएको बहस आज असार २१ मा सकिएको छ ।

संवैधानिक ईजालासमा प्रधान्यायाधीशसँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई छन् ।