काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपदबाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहे पनि त्यसको असर नेपालले ठूलो रूपमा भोगिरहेको भन्दै कार्बन उत्सर्जनमा ठूलो हिस्सा ओगट्ने देशहरू क्षतिपूर्तिका लागि जिम्मेवार हुनुपर्ने बताए। उनले नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारीसाधनको प्रयोग र जलविद्युत् विकासमार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको उल्लेख गरे।
‘अब हामी राहतका लागि हात फैलाइरहेका छैनौँ। क्षतिपूर्ति माग्ने बेला आएको छ। हामीले कुनै कारण सिर्जना गरेका छैनौँ, हामी जिम्मेवार छैनौँ, तैपनि हामीले मूल्य चुकाइरहेका छौँ’ उनले भने, ‘अब सम्पूर्ण नेपाली र सबै राजनीतिक दलहरू यो मुद्दामा एक ठाउँमा उभिने र अन्तर्राष्ट्रिय मञ्चहरूमा यस आवाजलाई उठाउने बेला आएको छ। अब हामी राहतका लागि हात फैलाइरहेका छैनौँ। त्यो समय आइसकेको छ र यी सबै कार्बन उत्सर्जनका लागि जिम्मेवार रहेका देशहरू नै नेपाललाई क्षतिपूर्ति तिर्न जिम्मेवार हुनुपर्छ। हामी हाम्रो देशलाई अर्को पुस्ताका लागि यस्तो अवस्थामा छोडेर जान सक्दैनौँ। हामीले कुनै कारण सिर्जना गरेका छैनौँ, हामी जिम्मेवार छैनौँ, तैपनि हामीले मूल्य चुकाइरहेका छौँ।’
त्यस्तै, उनले विपद्का बेला उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई पर्याप्त स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिए । नेपाल प्रहरीसँग आफ्नै हेलिकप्टरसमेत नरहेको उल्लेख गर्दै उनले विपद्को समयमा सुरक्षा निकायले प्रभावकारी रूपमा उद्धार गर्न सक्ने गरी आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताए ।
‘हाम्रो सुरक्षा निकाय जहिले पनि लट्ठीकै भरमा ड्युटी गर्ने कि स्रोतसम्पन्न पनि गर्ने हो? यस्तो परेको बेलामा उहाँहरू खट्न सकोस् र सबै आवश्यक उद्धार गर्न सकोस् भन्ने कुरा पनि हामीले सोच्न आवश्यक छ,’ उनले भनेका छन्।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी