काठमाडौं। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनका लागि प्रधानमन्त्री आफै न्यूयोर्क जाँदैछन्। आगामी ८१ औं महासभा सेप्टेम्बर ८ ९भदौ २३० देखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सुरु हुनेछ।
विश्वका सबैजसो पक्ष राष्ट्र ९राष्ट्रसंघका सदस्य०हरूका सरकार तथा राष्ट्र प्रमुखहरू भेला हुने यो महासभाले विभिन्न वैश्विक समस्याहरूका बारेमा छलफल गरेर साझा विश्वधारणा तय गर्छ।
यस पटकको महासभामा जलवायु परिवर्तन, दिगो विकासका लक्ष्यहरू र राष्ट्रसंघको आगामी नयाँ महासचिव चयनको दौड मुख्य बहसका विषय बन्नेछन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह पनि यस ८१औँ महासभामा सहभागी भई जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वमञ्चमा कुरा राख्ने विषयमा छलफल भइरहेको छ।
सरकारी स्रोतका अनुसार यसपाली रुसुवा बाढीका कारण अकल्पनीय जनधनको क्षति बेहोरेको नेपालले विश्वस्तरबाटै जलवायु क्षतिपूर्ति दाबी गर्नेगरी तयारी गरिरहेका बेला प्रधानमन्त्री आफै यस्ता वैश्विक मञ्चमा सहभागी हुनेगरी छलफल अघि बढेको हो। त्यसका लागि परराष्ट्र मन्त्रालयले तयारी थालिसकेको जनाएको छ।
प्रधानमन्त्री शाह आफैले पनि रसुवाको विपद जलवायु परिवर्तनकै असर भएको दाबी गर्दै आएका छन्। उनले यसबारेका हरेक अभिव्यक्तिहरूमा जलवायु परिवर्तनको सिधा असर नै रसुवाको विपद भएको भन्दै नेपालका लागि जलवायु न्याय आवश्यक रहेको बताउँदै आएका छन्।
‘यो विपद् हाम्रा लागि निकै पीडादायी छ। हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ। हामीले विश्वलाई लामो समयदेखि भनिरहेकै थियौं–जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालहरु पग्लदै छन्। यसको असर हिमालय क्षेत्रमा मात्रै होइन, समुन्द्रको तटसम्म पुगिरहेको छ’ प्रधानमन्त्री बालेनले भन्दै आएका छन् ‘हामीलाई विगतदेखि नै जुन डर थियो त्यो यथार्थमा रसुवाको भोटेकोशी नदीमा भीषण बाढी बनेर आयो। नेपालले त्रासदीपूर्ण घटना बेहोर्यो। हामीले यसको जवाफ विश्व समुदायसँग खोज्नुपर्छ र हामीले यसबो मानव सभ्यतालाई जवाफ दिनुपर्नेछ। यो हाम्रो जिम्मेवारी पनि हो।’
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट