काठमाडौं। बाढी प्रभावति क्षेत्रमा पुगेर ‘स्टन्ट’ गरेको भन्दै आलोचना हुन थालेपछि गृहमन्त्री सुधन गुरुङले त्यसको जवाफ दिएका छन्। उनले आफूलाई पुरानै नेतृत्वशैलीसँग जोडेर नहेर्न भन्दै गर्नुपर्ने सबै जिम्मेवारी निभाइरहेको पनि बताएका छन्।
मन्त्रालयमा बसेर बैठक र छलफल गरिरहेका केही दृश्यहरू सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।
‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ। विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ चिन्ता लिनु पर्दैन’ उनले भनेका छन्।
त्यस्तै उनले प्रभावित क्षेत्रमा नपुगी मन्त्रालयको कुर्सीबाटमात्रै नेतृत्व गर्दाकोँ परिणाम अहिले भोगिरहेको भन्दै आफूलाई पुरानै शैली अपनाउन दबाव दिएको पनि बताएका छन्। हरेक ४ घण्टामा उनले कमाण्ड सञ्चालन र रणनीतिक बैठकहरू गर्दै आएको भन्दै उनले त्यो अनलाइन र भौतिक दुबैरुपमा निरन्तर भइरहेको पनि जानकारी दिएका छन्।
‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ। उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ’ उनले भनेका छन् ‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ। त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्नु चाहन्छु।’
भोटेकोसी बाढीपछि केही रात लगातार राहत र उद्धार टोली हेलिकोप्टरमा पठाउन विमानस्थलमा खटिएका उनि त्यसपछि स्थलमार्गबाटै बाढी प्रभावति क्षेत्रमा पुगेका थिए। त्यहाँ उनले पीडितहरूका गुनासा सुन्दै उद्धारकार्यमा समेत आफै खटिएका थिए। त्यही क्रममा उनि उद्धारका लागि सुरुङभित्रसमेत छिरे। त्यसलाई लिएर विपक्षीहरूले गृहमन्त्री आफै सुरुङभित्र छिरेर स्टन्ट गरेको तथा मन्त्रालयमा बसेर विपद व्यवस्थापनमा समन्वय नगरेको भन्दै आलोचना गरेका थिए।
बाढीको दशौं दिनमा त्रिशूली ए जलविद्युत आयोजनाको एउटा सुरुङबाट दुई जना जीवितै उद्धार भएलगत्तै उनि फेरि रसुवा पुगेका छन्। यो सफल उद्धारपछि उनले सुरुङभित्र आशाको किरण अझै बाँकी रहेको भन्दै उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई धन्यवाद दिएका थिए।
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?