File Photo
नेपालगन्ज २९ असार : नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन् ।
काँग्रेसका प्रमुख सचेतक समेत रहेका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
खाँणसहित काँग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि आज मन्त्रीको शपथ लिने बताइएको छ । कार्कीलाई संसदीय मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिने तय भएको बुझिएकोछ ।
काँग्रेसबाट बाँकी मन्त्री अर्को चरणमा बनाइने तयारी गरेको एक नेताले जानकारी गराए ।
यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिने भएका छन् ।