भेरीका बालविकास सहजकर्ताको तलब अब १५ हजार


भेरीका बालविकास सहजकर्ताको तलब अब १५ हजार

जाजरकोट ३० असार : c

कक्षा १ मा भर्ना हुनुपूर्व बालबालिकाको सर्वाङ्गीण विकास गराई औपचारिक शिक्षा लिनका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले सरकारले विभिन्न सामुदायिक विद्यालय र समुदायमा बाल विकास सहयोगी कार्यकर्तामार्फत बालकक्षा सञ्चालन गरिरहेको छ ।

ती सहजकर्ताले कतिपय विद्यालयमा अन्य कक्षाको पठनपाठनमा समेत सहयोग गरिरहेका छन् । बालबालिकाको शिक्षाको आधार खडा गराउने जिम्मा लिएका ती शिक्षकको पारिश्रमिकमा अन्याय हुँदै आएको आवाज उठ्दै आएको थियो । यही कुरालाई मध्यनगर गर्दै सरकारले आगामी आवको बजेटमा बाल विकास कक्षामा कार्यरत सहजकर्ताको मासिक तलब रु छ हजारबाट रु १५ हजार बनाउने घोषणा गरेको छ ।

यद्यपि सङ्घीय सरकारले रु दुई हजार मात्र तलब बढाएर अन्य सात हजार स्थानीय तहले बेहोर्ने जनाएको छ । कतिपय स्थानीय सरकारले बजेटले त्यति धेरै तलब धान्न नसकिने भन्दै तलब बढाउन नमानिरहेको अवस्थामा भेरी नगरपालिकाले भने सरकारले तोकेअनुसार नै पूरै व्ययभार लिन अग्रसर देखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नगरपालिकाले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा समेत बाल विकासमा कार्यरत शिक्षक, लेखा सहायक र विद्यालय सहयोगीको तलबका लागि बजेट विनियोजन गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । मासिक रु ३०० बाट पढाउन शुरु गरेका शिक्षकको तलबमान मासिक रु १५ हजार पाउने गरी नगरसभाबाट व्यवस्था गरिएको नगरप्रमुख घर्तीले बताए ।

त्यस्तै न्यून तलबभत्ता पाउँदै आएका विद्यालयका प्रशासन तथा लेखा सहायक र विद्यालय सहयोगीका लागि पनि प्रतिमहिना रु सात हजार वृद्धि गर्ने गरी नगर परिषद्ले रु एक करोड विनियोजन गरेको छ । आगामी साउनदेखि नै उनीहरुले वृद्धि भएअनुसार तलब पाउनेछन् ।

भेरी नगरपालिकामा ४४ बाल विकास सहजकर्ता, १० लेखा सहायक र ५५ जना विद्यालय सहयोगी छन् । उनीहरुका लागि नगरपालिकाले थप्नुपर्ने रु सात हजारले पनि मासिक रु सात लाख ६३ हजार दायित्व लिनुपर्ने देखिन्छ भने वार्षिक रु ९९ लाख १९ हजार सङ्घीय बजेटमा थप गर्नुपर्ने भएको छ । सबै दायित्व लिने गरी रु एक करोड बजेटको व्यवस्था गरिएको नगरप्रमुख घर्तीको भनाइ छ । -रासस