नेपालगन्ज २३ साउन : लागु औषध दुर्ब्यशन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई नाइस अवार्ड २०२१ प्रदान गरिएकोछ । नाईस नेपालगन्जले प्रकाश मेडिकल हलको सहकार्यमा शुरु गरेको प्रथम नाइस अवार्ड २०२१ क्षेत्रीले प्राप्त गर्न सफल भएका हुन् ।
लागु औषध दुर्ब्यशनि बिरुद्ध लामो समयदेखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरेवापत उक्त सम्मान प्रदान गरिएको हो । नाईसको दोश्रो वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवल शम्शेर राणा, अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रकाश मेडिकल हलका प्रमुख फिजिसियन डाक्टर प्रकाश नागले खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरेका थिए ।
सम्मान ग्रहण पश्चात बोल्दै सम्मानित भएका क्षेत्रीले नाईस अवार्डबाट भएको सम्मानले लागु औषध दूव्र्यशन बिरुद्धको अभियानमा थप सशक्त रुपमा लाग्न अभिप्रेरीत गर्ने बताए । उनले नाईले प्रदान गरेको अवार्डका लागि धन्यबाद ज्ञापन गरे ।
यसैबीच, राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरि नाईस नेपालगन्जले एक असल संस्कारको बिकास गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले बताएका छन् ।
नाईस नेपालगन्जको दोश्रो वार्षिकोत्सव तथा नाईस अवार्ड–२०२१ समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख राणाले यस्तो बताएका हुन् । राम्रो काम गर्ने व्यक्ति वा संस्था जो सुकै भए पनि सबैले सहयोग तथा समर्थन गर्नुपर्ने उनले बताए ।
नाईस नेपालगन्जले नेपालगन्जसँगको साझेदारीका सरसफाई कार्यक्रममा गरिरहेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको सुन्दरताका लागि गरेको सहकार्यको प्रशंसा गरे । नाईसले गर्ने कामहरुमा उपमहानगरपालिकाले सहयोग गर्ने उनले बताए ।
यसैगरी कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नाईसले नाम अनुसारको राम्रो कामको शुरुवात गरेकोमा खुसी लागेको बताए । राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गर्दा उसले थप जिम्मेवारी बोधका साथ काम गर्ने भन्दै अन्य सरोकारवालाहरुले समेत यस्तो कार्यको अनुसरण गर्नुपर्नेमा उनको जोड थियो ।
नाईस नेपालगन्जका सचिब हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत नाईसका सदस्य मुना बिष्टले गरेका थिए । कार्यक्रमको उद्देश्यसँगै नाईस अवार्डका बारेमा जानकारी तथा नाइस अवार्ड–२०२१ घोषणा नाईसका अध्यक्ष नमस्कार शाहले गरेसँगै लागु औषध दूब्र्यसनी बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
नाईस नेपालगन्जमा अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर राणा, अतिथिहरु बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने, फिजिसियन डाक्टर प्रकाश नाग, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र कुमार जोशी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष जयनारायण शाह, सन नेपाल लाईफ इन्सोरेन्सका प्रबन्धक कमल शाही, हरित अभियन्ता हेमन्तराम काफ्ले लगायतको उपस्थिती रहेको थियो । बार्षिकोत्सबको अवसरमा नाईस अवार्डमा सहकार्य गर्ने डाक्टर प्रकाश नागलाई सम्मान पत्रद्वारा सम्मानीत गरिएको छ ।