सरकारीमै वेथितिः सेटिङ्गमा प्ल टू परीक्षा


सरकारीमै वेथितिः सेटिङ्गमा प्ल टू परीक्षा

नेपालगन्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमै नाम चलेका केही सरकारी विद्यालयले माध्यमिक तहको परीक्षा सेटिङ्मा सञ्चालन गरिरहेको खुलेको छ । परीक्षामा सम्बन्धित विद्यालयका शिक्षक गार्ड बस्न नपाउने व्यवस्था भएपनि यहाँ रकम चलखेलमा कतिपय विद्यालयहरुले आफ्नै शिक्षकलाई गार्ड राख्दै विद्यार्थीलाई चिट चोराउँने काम गरिरहेको खुलेको छ ।

जिल्लाका केही परीक्षा केन्द्रहरुमा विद्यालयले फर्जि परिचयपत्र बनाएर गार्ड राखेको पनि अभिभावले गुनासो गरेका छन् । बाँकेमा नाम चलेका धम्बोझी उमावि, नारायण उमावि, महेन्द्र उमावि मंगलप्रसाद उमावि, सरस्वती उमावि परीक्षा केन्द्रमा यस्तो सेटिङ मिलाईएका पाईएको छ ।
जिल्ला शिक्षा कार्यालय बाँकेले परीक्षा केन्द्र रहेको विद्यालयलाई आफ्नै विद्यालयको जनशक्ति परिचालन गरी परीक्षा संचालन गर्न निर्देशन दिएको ति विद्यालयले बताएका छन् ।

नारायण उमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तरूणबाबु गौतमले जिल्लाले छुट दिएका अवस्थामा बाहिरका शिक्षकहरु आउने गरेको बताएका छन् । उनले नारायण उमावि केन्द्रमा भने यस्तो अवस्था नरहेको आफूहरू सिरिअल नम्बर अनुसार नै विद्यार्थी राखेको बताएका छन् । ७० जना परीक्षार्थी रहेको उक्त केन्द्रमा सोही विद्यलायका चार जना शिक्षक गार्ड रहेको गौतम बताउँछन् ।

धम्बोझी उमावि परीक्षा केन्द्रमा सोमबार एक सय २४ जना विद्यार्थीले परीक्षा दिएको केन्द्राध्यक्ष बामदेव सुवेदी बताउँछन् । उनका अनुसार उक्त केन्द्रमा सोमबार सात जना गार्ड थिए । परीक्षा एदकमै मर्यादीत र व्यवस्थित रूपमा चलेको छ । उनले भने ‘यहाँ कुनै खालको सेटिङ् छैन् । विद्यार्थी सिरियल अनुसार नै राखिएको छ । मोबाईल प्रयोग कसैले पनि गरेका छैनन् । शिक्षकका मोबाईल समेत परीक्षा अवधीभर अफिस कोठामै मेरो निगारनीमा छन् ।’

शिक्षा अधिकारी गोरखबहादुर थापाले जनशक्तिले नभ्याएको खण्डमा मात्र परीक्षामा सामेल विद्यालयको बाहेकका शिक्षकको सहयोग लिन भनेको बताए । उनले भने, ‘सवै केन्द्राध्यक्षलाई जनशक्ति नपुगेको अवस्थामा मात्र अन्यत्र सहयोग लिनु भन्ने निर्देशन दिएको हो, त्यस्तो नगरेको अवस्थामा सम्वन्धित परीक्षा केन्द्राध्यक्ष नै जिम्मेवार हुनेछन् ।’

१२ कक्षाको परिक्षमा बाँके जिल्लाबाट ६ हजार ६ सय ३ र बर्दियाबाट ५ हजार ४ सय २२ जना विद्यार्थीले सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बताएको छ । 

बैशाख २६ गतेसम्म संचालन गरिने परिक्षामा नियमिततर्फ ७ हजार ७ सय ८१ र आंशिकतर्फ ४ हजार २ सय ४४ गरी जम्मा १२ हजार २५ जना विद्यार्थी सहभागी हुँदैछन । कक्षा ११ मा बाँकेबाट ७ हजार ९ सय ५० र बर्दियाबाट ५ हजार ७ सय ६१ जना परीक्षार्थी सहभागी हुने शाखा कार्यालयका प्रमुख गीरमान थापाले बताए ।