पत्रकार किशाेर श्रेष्ठ पक्राउ


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
पत्रकार किशाेर श्रेष्ठ पक्राउ

नेपालका बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ। नेपालबाट लगभग ३१ वर्षदेखि प्रकाशित हुँदै आएको जनआस्था साप्ताहिकका प्रधान सम्पादकसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ हो।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले श्रेष्ठलाई ललितपुरस्थित उनकै घर बागडोलबाट पक्राउ गरेको जनाएको छ। 

उनि प्रकाशक तथा सम्पादक रहेको जनआस्था र त्यसको अनलाइनमा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीले एकजना युवतिसँग लिपकीस गरेको एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्।