नेपालगन्ज १२ भदौ : बाँके र बर्दिया जिल्लाका नागरिक समाज संस्थाका प्रतिनिधीलाई मानव अधिकारका विषयमा दुई दिने तालिम दिइएको छ । मानव अधिकार प्रतिबेदन निमार्ण संयन्त्रमा नागरिक समाज संस्थाको भुमिकाकालाई प्रभावकारी बनाउनका लागि तालिम प्रदान गरिएको हो ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित तालिममा मानवअधिकारसंग सम्बन्धित विषयबस्तुहरुका बारेमा प्रशिक्षण दिइएको थियो ।
तालिममा मानव अधिकार, मानव अधिकार राष्ट्रिय कार्ययोजना निमार्ण, नागरिक समाजको भुमिका, मानव अधिकारमा तथ्यांकको प्रक्रिया र महत्व, मानव अधिकार अन्र्तराष्ट्रिय तथा राष्ट्रिय महासन्धी, विश्वव्यापी आवधिक प्रतिबेदन मानव अधिकार संरक्षणका राष्ट्रिय संयन्त्र, मानवअधिकार सुरक्षा, अनुगमन लगायतका विषयमा अधिबक्ता विश्वजित तिवारी र अधिकारकर्मी प्रकाश उपाध्यायले प्रशिक्षण दिएका थिए ।
तालिममा बाँके र बर्दियाका नागरिक समाज संस्थाका यौनिक तथा लैगिंक अल्पसंख्यक, फरक क्षमता भएका, दलित, मधेशी तथा मुस्लिम, महिला, युवा, मानवअधिकार संरक्षण समिति बढैयातालका पदाधिकारीसहित प्रमुख तथा प्रतिनिधी गरि २३ जनाको सहभागिता रहेका संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले जानकारी दिए । तालिम पश्चात सहभागीहरुले आ–आफनो क्षेत्रमा मानव अधिकारका सवालमा वकालत गर्ने प्रतिबद्धता गरेका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही